spot_img
spot_img
spot_img

२ हप्ताअघिदेखि सम्पर्कविहीन चिनियाँ अर्बपति फ्यान सरकारी अधिकारीहरूसँग रहेकाे खुलासा!

spot_img
  1. एजेन्सी ।

दुई हप्ता अघिदेखि सम्पर्कविहीन रहेका चिनियाँ अर्बपति बाओ फ्यान सरकारी अधिकारीहरूसँग रहेको खुलेको छ । फ्यानले चिनियाँ अधिकारीहरूलाई एक अनुसन्धान गर्न सहयोग गरिरहेको उहाँको बैंकले जनाएको छ ।

चाइना रेनेसान्स होल्डिङ्स बैंकका सीईओ बाओ फ्यान सम्पर्कमा नरहेको भन्दै ११ दिनअघि बैंकले विज्ञप्ति निकालेको थियो । अर्बपति बाओले जनवादी गणतन्त्र चीनका केही अधिकारीहरूले गरिरहेको अनुसन्धानमा सहयोग गरिरहेको उहाँको बैंकले जनाएको बीबीसीले जनाएको छ ।

चाइना रेनेसान्स होल्डिङ्सको सीईओ एवम् संस्थापकसँगै अरबपति बाओ चीनका एक अग्रणी डिल ब्रोकर हुनुहुन्छ । जसका ग्राहकहरूमा शीर्ष टेक्नोलोजी कम्पनीहरू रहेका छन् । बाओ बेपत्ता भएपछि फर्मको शेयर घटेकामा आज भने बढेको बीबीसीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img