तनहुँको आबुखैरेनीबाट सम्पर्कविहीन भएका युवक मृत अवस्थामा फेला परेका छन । आबुखैरेनी गाउँपालिका–३ घर भएका ३६ वर्षीय मदन घिमिरे मर्स्याङ्दी नदीमा मृत अवस्थामा भेटिएका हुन् । ईलाका प्रहरी कार्यालय आबुखैरेनीका इन्स्पेक्टर गायत्रीराज शर्माले घिमिरेका अनुसार फागुन १२ गतेबाट सम्पर्कविहीन भएको र खोजतलास गर्दा मस्र्याङ्दीमा मृत अवस्थामा भेटिएका हुन ।
आज मंगलबार सशस्त्र प्रहरीको गोताखोरले उनको शव निकालेको हो । मृतकको स्कुटर आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दीको किनारमा भेटिएको थियो । प्रहरीले उनको खोजतलासका लागी तालिमप्राप्त ट्रयाकर डग पनि परिचालन गरेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??