भैरहवा ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाबाट साढे आठ लाख बराबरको सामान बरामद गरेको छ । नगरपालिका स्थित वडा नं ७ बेलबाबा पथ स्थित दिनेश पोख्रेलको घरमा भन्सार छली चोरी पैठारी गरी राखेको तन्ना १२० पिस, टिसर्ट २७६ पिस, हाप पाईन्ट १९६ पिस, बनारसी साडी १७६ पिस, नरमल साडी ११० पिस र सिफनको बण्डल ९५ रोल गरी अन्दाजी ८, ५४,००० वरावरको सामान वरामद गरेको प्रहरीले जनाएको हो ।
यस्तै फागुन १६ गते मर्चवारी गाउँपालिका वाड नं.७ श्रीरामपुर स्थित महादेव पाल र शिवनाथ भन्ने सुर्यनाथ पालको घरमा भारतबाट भन्सार छली चोरी पैठारी गरी घरमा लुकाई छिपाई राखेको अवस्थामा करिब ३ लाख १२ हजार रुपैया मुल्य पर्ने ५० केजी को १०० बोरा चामल बरामद गरेको प्रहरीले जनाएको छ ।
यसैगरी सोही दिन नै कोटईमाई गाउँपालिका वडा नं ३ नौडिहवा स्थितमा वेवारिसे अवस्थामा रहेको भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको ५० केजीको ७७ बोरा चामल र २३ बोरा गहुँ बरामद गरी भैरहवा भन्सार कार्यालय, बेलहियाले जनाएको छ । उक्त सामान अन्दाजी २,९१,९९० रुपैयाँको रहेको प्रहरीको भनाई छ ।