काठमाडौं ।
अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि नेपाल छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेरसमूहको क्रिकेट विश्वकप खेल्न लागेको हो । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै यू–१९ विश्वकपका लागि नेपाल छनोट भएको हो । १९२ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनाउन सकेको थियो ।
यो जित संगै ८ बर्षपछि नेपालले यू–१९ विश्वकप खेल्ने पाउने भएको हो । नेपालले सन् २०१६ यता उमेरसमूहको क्रिकेट विश्वकप खेल्न पाएको छैन । यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा १९१ रनको योगफल बनाएको थियो । नेपाल ४८.५ ओभरमा अलआउट भएको हो ।




