एजेन्सी ।
मध्य ग्रीसमा मङ्गलबार राति दुई रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ । उक्त घटनामा घाइते भएका अन्य ६६ जना अस्पतालमा भर्ना भएका छन। ठक्करपछि रेलको अघिल्लो भाग आगोको लप्कामा फसेको थियो । हेलेनिक ट्रेन रेल अपरेटरलाई उद्धृत गर्दै राष्ट्रिय प्रसारणकर्ता ईआरटीले जनाएअनुसार उक्त यात्रुवाहक रेलमा ३४६ जना यात्रु सवार थिए ।
दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको ग्रीस प्रहरीले जनाएको छ। घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा सरकारका प्रवक्ता जियानिस ओइकोनोमोउले बताउनुभयो । बुधबारदेखि शुक्रबारसम्म सबै सार्वजनिक भवनमा झण्डा आधा झुकाइने र सबै सार्वजनिक उत्सवहरू स्थगित हुने उहाँले बताउनुभयो ।