spot_img
spot_img
spot_img

ताइवानसँग हतियारको कारोबार बन्द गर्न अमेरिकालाई चीनको आग्रह

spot_img

एजेन्सी ।

चीनले अमेरिकालाई ताइवानसँग हतियारको कारोबार बन्द गर्न आग्रह गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकालाई ताइवानसँग हतियार बिक्रीलगायतका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गर्नुभएको हो। अमेरिकी विदेश मन्त्रालयले अस्ति मात्रै ताइवानलाई नयाँ हतियार बिक्री गर्न अनुमति दिएको थियो।

त्यसको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमार्फत् ताइवान क्षेत्रमा अमेरिकी हतियार बिक्रीले एक चीन सिद्धान्तको गम्भीर उल्लङ्घन भएको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। प्रवक्ता माओ निङले यस्ता कारोबारले चीनको सार्वभौमसत्ता र सुरक्षालाई कमजोर बनाउने तथा चीन–अमेरिका सम्बन्धमा थप क्षति पुर्याउने बताउनुभएको छ। साथै उहाँले ताइवानलाई प्रयोग गर्ने अमेरिकी प्रयास थप तनावको कारण बन्न सक्ने चेतावनी पनि दिनुभएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img