spot_img
spot_img
spot_img

पुर्व विधार्थी समाज, हरैया बहुमुखी क्याम्पस : खुल्ला रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चन गाउँपालिकामा संचालन गरिएको खुल्ला रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको छ। पुर्व विधार्थी समाज, हरैया बहुमुखी क्याम्पसको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखा र हरैया बहुमुखी क्याम्पस, कञ्चन ३ रुपन्देहीकोे सहआयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो। हरैया बहुमखी क्याम्पस परिसरमा सञ्चालन गरिएको रक्तदान कार्यक्रमको उद्धघाटन कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले गर्नुभएको थियो। क्याम्पसका अध्यनरत बिधार्थी, प्राध्यापक, पुर्व विधार्थी तथा नियमित रक्तदाताहरुले आफ्नो अमुल्य रगतदान गर्नुभएको पुर्व विधार्थी समाजका अध्यक्ष प्रकाश पौडेल उपाध्यायले जानकारी दिनुभयो।

नेपाल जुनियररयुवा रेडक्रस दिवसको पुर्व सन्ध्यामा आयोजित रक्तदान कार्यक्रममा प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र बुटवलले गरेको थियो। नेपाल जुनियर र युवा रेडक्रस दिवस यही फागुन २२ गते परेको छ। उक्त दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाले कञ्चन ४, थकालचोकमा सांझ दीप प्रज्वलन गर्ने कार्यक्रम गर्ने उपशाखाका सचिव तुलबहादुर थापाले जानकारी दिनुभएको छ। कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला सदस्य तथा कञ्चन उपशाखाका उपसभापति हिमा बेलवासे, पुर्व विधार्थी समाजका अध्यक्ष प्रकाश पौडेल, क्याम्पस प्रमुख प्रकाश खनाल, क्याम्पस सञ्चालक समितिका अध्यक्ष चुडामणी पौडेल, नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका सचिव तुल बहादुर थापाले सम्मानपत्र प्रदान गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img