spot_img
spot_img
spot_img

नेपालले पीएनजीलाई ३ विकेटले हरायो

spot_img

काठमाण्डौ ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३ विकेटले हराउदै जित निकालेको छ । पीएनजीले दिएको १ सय ८० रनको लक्ष्य नेपालले ४८ ओभरमा ७ विके गुमाएर भेटाएको थियो । यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पीएनजी ४९ ओभर २ बलमा १ सय ७९ रनमा अलआउट भयो ।
यस शृङ्खलाको पहिलो खेलमा नेपालले पीएनजीलाई हराएको थियो । हिजो बिहीवारको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, यूएई र पीएनजी रहेका छन् । नेपालले अर्को खेल सोमवार यूएईसँग खेल्नेछ । यो जितसँगै नेपाल ३१ खेलमा ३० अङ्कसहित तालिकाको छैटौँ स्थानमा रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img