spot_img
spot_img
spot_img

सोनिया गान्धी अस्पताल भर्ना

spot_img

१९ फागुन, एजेन्सी ।

भारतीय कंग्रेस पार्टीकी नेतृ सोनिया गान्धी अस्पताल भर्ना भएकी छन् । उनलाई राजधानी नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा भर्ना गरिएको हो । डाक्टरहरूका अनुसार उनलाई ज्वरो आएपछि अस्पताल ल्याइएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार अस्पतालले जारी गरेको रिपोर्टमा उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको छ। अस्पतालका प्रवक्ताका अनुसार गान्धीलाई बिहीबार भर्ना गरिएको थियो । अस्पतालका अध्यक्ष डीएम राणाले उनी डा. अरुप वासुको निगरानीमा अस्पताल भर्ना भएको बताए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img