spot_img
spot_img
spot_img

टुङ्गिएन नेविसंघको स्ववियु सभापतिको उम्मेदवार

spot_img

रुपन्देही, त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया सुरु भएसँगै विद्यार्थी संगठन पनि उम्मेदवार छनौटको रस्साकस्सीमा छन्। २०७३ सालको स्ववियु निर्वाचनमा प्यानल सहित विजयी भएको नेपाल विद्यार्थी संघ हरैया बहुमुखी क्याम्पस इकाई समितिमा उम्मेदवार छनौटमा सकस देखिएको छ।स्ववियु सभापतिका ४ (चार) जना आकंक्षीले सन्तोष कंडेललाई समर्थन गर्ने सहमति जनाए सँगै उम्मेदवार छनौट थप पेचिलो बनेको छ।नेविसंघबाट इकाई समितिका सभापति सुनिल राना, पूर्व इकाई सभापति तथा पूर्व स्ववियु सभापति प्रकाश उपाध्याय पौडेल सहित ७ (सात) जना दाबेदार थिए। सभापति दाबेदार सुभाष पौडेल, मदन आचार्य, मिपाङ्ग थापा, कुशल उपाध्यायले सन्तोष कंडेललाई समर्थन गर्न सहमत भएसँगै रुपन्देही जिल्लामा समानान्तर समिति रहेको नेविसंघको प्रभाव नेविसंघ हरैया बहुमुखी क्याम्पस इकाई समितिमा पनि सतहमा आएको छ।

आचार्य इकाई उपसभापति हुन् भने पौडेल र थापा इकाई सचिव हुन्।त्यस्तै उपाध्याय इकाई सदस्य र कंडेल लोकप्रिय विद्यार्थी नेता हुन्।उम्मेदवारी दर्ताको दिन नजिकिदै गर्दा नेविसंघको तर्फबाट को उम्मेदवार बन्ने अझै टुङ्गो लागेको छैन। इकाई सभापति राना र पूर्व इकाई सभापति तथा पूर्व स्ववियु सभापति पौडेल इतर समूहको सँग नजिक छन् भने कंडेल संस्थापन पक्षबाट दाबी गरिरहेका छन् होटल द संस्कारमा बसेको बैठकमा सहमति हुन नसकेपछि भोलि पुनः बैठक बस्ने र सहमति हुन नसके माथिल्लो निकायमा सिफारिस गर्ने इकाई सभापति सुनिल रानाले जानकारी दिनुभयो।

त्रिविमा ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन्। स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
3
माया
21
खुसी
2
हासो
5
अचम्मित
0
दुःखी
6
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img