spot_img
spot_img
spot_img

सिद्धार्थ उद्योग बाणिज्य संघमा श्रेष्ठ विजयी

spot_img

२१ फागुन, रुपन्देही ।

सिद्धार्थ उद्योग बाणिज्य संघको शनिबार सम्पन्न अधिवेशनमा ठाकुर कुमार श्रेष्ठ विजयी भएका छन् । २ हजार १ सय ९३ जना मतदाता मध्ये १ हजार ८ सय २८ जनाले मतदाता निर्वाचन प्रकृयामा भाग लिएका थिए । सो मध्ये श्रेष्ठले ११०७ मत पाउँदा उनका प्रतिद्वन्द्वी बिजय पाण्डेले ६८७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत शिव गौडेलले जानकारी दिनुभएको छ । प्रमुख निर्वाचन अधिकृत गौडेलका अनुसार संघको वरिष्ठ उपाध्यक्षमा नेत्रप्रसाद आचार्य १२५५ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्दी अरुण कुमार गोयनकाले ५४७ मत प्राप्त गर्नुभयो। यस्तै उपाध्यक्ष (वाणिज्य) मा गोविन्द ज्ञवाली ११२३ मत पाई विजयी हुनुभएको छ।

उद्योग उपाध्यक्षमा दिलिप कुमार कान्दु ८९४ मत ल्याई निर्वाचित हुनुभएको छ । महासचिवमा कृष्ण प्रसाद घिमिरे ९६१ मत ल्याइ विजयी हुनुभएको छ । कोषाध्यक्षमा कमल प्रसाद मरासिनी ८७७ मत ल्याइ विजयी हुनुभएको छ । सचिवमा पाण्डे प्यानलका मंगल भण्डारी, वस्तुगत सदस्यमा ५ मत ल्याइ प्रीतम रौनियार, उद्योग तर्फ खुल्ला सदस्यहरुमा ओम जैसी (१२४१) रमेश घिमिरे (११७७), रचना क्षेत्री (११५६), कमल ज्ञवाली (११२७) र विष्णुमाया शर्मा पौडेल (८६१) मत ल्याइ विजयी भएका छन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img