२२ फागुन, कपिलवस्तु ।
नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जावेद आलम खां लगायत नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले होलीको शुभकामना ब्यक्त गर्नुभएको छ । उल्लासपूर्ण चाड होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेकासम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।
शुभकामना सन्देश दिदै शान्ति र सद्भाव फैलाउने उमङ्गको रङ्गिलो होली पर्व हरेक वर्ष फागु शुक्लपूर्णिमाका दिन मनाइने यस अवसरमा आफन्तसँगको भेटघाट, सांस्कृतिक मनोरञ्जन, सामूहिक हर्षका साथ होली पर्वको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने महत्वका साथ हेरिने बताउनुभयो । उहांहरूले होली पर्वको लोकप्रियतालाई बचाइ राख्न कसैलाई पनि ईच्छा विपरीत रङ नलगाउनु, कसैलाई पनि दुर्व्यवहार नगर्नु हुन र अवाञ्छित क्रियाकलाप नगर्न, नगराउनु हुन अनुरोध गर्नुभयो ।