पाल्पा ।
पाल्पामा शहीद परिवारलाई सम्मान गरि शहीद सप्ताह मनाइएको छ । नेपाल कम्यूनिष्ट पार्टी बहुमत जिल्ला कार्य समिति पाल्पाको आयोजनामा एक पालिका एक कार्यक्रम अन्र्तरगत जिल्लाका दश वटै पालिकामा सप्ताहव्यापी शहीद सप्ताह कार्यक्रमको आयोजना गरेर ५० भन्दा बढी शहिद परिवारलाई सम्मान गरिएको छ ।
मुलुकको परिवर्तनको निम्ती बलिदानी दिएका शहिदको सम्झनामा सप्ताहव्यापी कार्यक्रम गरिएको नेकपा बहुमत पाल्पाका संयोजक मुक्ति गैरेले बताउनुभयो । मुलुकको व्यवस्था परिवर्तन ल्याउनमा जनयुद्धमा होमिएका माओवादी शहीद परिवारले अझै पनि सम्मानजनक न्याय नपाएको उहाँको भनाई छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??