कोहलपुर ।
बाँकेको कोहलपुर १३स्थित नहरमा नुहाउने क्रममा डुबेर २ जनाको ज्यान गएको छ । नुहाउने क्रममा डुबेर वेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूको उद्धार गरीएको थियो। उद्धार गरी मेडिकल कलेज कोहलपुर पठाईएकोमा उपचारको क्रममा दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका १२ बस्ने १५ वर्षीय अनिल भट्टराई र १५ वर्षीय मनसुन बराल रहेका छन। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??