spot_img
spot_img
spot_img

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

spot_img

काठमाण्डौ ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा त्रिदेशीय एकदिवसीय शृङ्खला खेलेर नेपाली टोली आज मङ्गलवार स्वदेश फिर्ता भएको छ। नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पदाधिकारीले स्वागत गरेका हुन। यूएई र पपुवा न्युगिनी सम्मिलित शृङ्खलाका चार वटामध्ये नेपालले तीन वटा खेलमा जित हासिल गरेको छ ।

नेपालले पीएनजीलाई दुईवटै खेलमा हराउँदा यूएईसँग एकमा जित र एकमा हार बेहोरेको हो । जितसँगै नेपालले सोझै विश्वकप छनोट खेल्ने सम्भावना कायमै राखेको छ। अव पर्सि बिहीबारदेखि नेपालमा हुने शृङ्खलाका चार वटै खेल जितेमा नेपालले विश्वकप छनोट खेल्न पाउनेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img