बुटवल । रुपन्देहीको सैनामैनामा एक पुरुषको शव फेला परेको छ । सैनामैना नगरपालिका २ कालिकानगर स्थित वावरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङ्गमा आज बुधबार पुरुषको शव फेला परेको प्रहरिले जनाएको छ ।
घटनाको बिषयमा अनुसन्धान गर्दै २ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभएको छ। अहिले तालिम प्राप्त कुकुरलाई घटनास्थलमा लगि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??