spot_img
spot_img
spot_img

गजल // छोडिन्छ घर,तोडिन्छ सम्बन्ध

spot_img

अवसर लिन तछाड मछाड गरेर हाहकार,दिक्क लाग्छ ।

मुखले समान नारी पुरुष मिल्दैन बिचार , दिक्क लाग्छ ।।

छोडिन्छ घर,तोडिन्छ सम्बन्ध सबथोक खोसिन्छ नारिको

शिकारी बनी निस्कन्छ आफ्नै परिवार ,दिक्क लाग्छ ।

उता शहरमा छोरी बचाउ अभियान चलिरहन्छ हरबखत

गाउमा लुटिए बेचीएका बजिरहन्छ समाचार, दिक्क लाग्छ ।।

लुटिरहे बेचिरहे देशका दलालहरुले देश सजिलै सङ

पैसाले किन्न मिल्ने भएर न हो अख्तियार, दिक्क लाग्छ ।।

घर सगै देश सम्हाल्ने आट लिएर समाजमा उभिन आएकी हु,

हुन त नगरेसम्म नारिले चल्दैन घर व्यवहार ,दिक्क लाग्छ।।

© प्रेमा पराजुली

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img