कञ्चन ।
रुपन्देहीको कञ्चनमा एक व्यक्ती चक्कु प्रहारबाट घाईते भएका छन । कञ्चन गाउपालिका वडा नं५ उत्तर भैसाही बस्ने अन्दाजी ३९ वर्षका बाबुराम थारुले सोही स्थानकै २६ बर्षका प्रेम थारुमाथी चक्कु प्रहार गरेको ईलाका प्रहरी कार्र्लालय रुद्रपुरले जनाएको छ। प्रहरीका अनुसार मंगलबार राती करिब १०.२५ बजेको समयमा दुवैजना संगै बसेर मादकपदार्थ सेवन गरिरहेको अवस्था दुईजना बिच एक आपसमा वादविवाद हुदाँ काका पर्ने बाबुराम थारुले भतिज प्रेम थारु माथी एक्कासी चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट प्रेम थारुको छातीमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाईते प्रेम थारुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा थप उपचारका लागि भैरहवा स्थित मेडिकल कलेजमा रिफर गरिएको छ । चक्कु प्रहार गर्ने बाबुरामलाई प्रहरीले नियन्त्रयणमा लिई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यलय सालझण्डीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी श्यामु अर्यालले जानकारी दिनुभयो ।