काठमाण्डौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति चुनावमा मतदान नगर्ने जनाएको छ । पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले केन्द्रीय कार्यसम्पादन समितिको आज बुधवार बसेको बैठकले राष्ट्रपति चुनावमा तटस्थ बस्ने निर्णय गरेको जानकारी दिदै राष्ट्रपति चुनावमा मतदान नगर्ने बताउनुभयो । राष्ट्रपतिको चुनाव भोलि बिहीवार हुँदैछ । राष्ट्रपति पदका लागि नौ दलका तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??