spot_img
spot_img
spot_img

तिलोत्तमा गोल्ड कपको २२ औं संस्करण चैत ४ गतेदेखि बुटवलमा हुदै

spot_img

तिलोत्तमा ।

प्रतिष्ठित फुटबल प्रतियोगिता ‘तिलोत्तमा गोल्ड कप’को २२ औं संस्करण यही चैत ४ गतेदेखि बुटवलमा हुदैछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल फुटबल सङ्घ रुपन्देहीले जनाएको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा विभागीय तथा ए डिभिजन क्लबसहित अन्य प्रतिष्ठित फुटबल टिमहरूबीच हुने जनाईएको छ ।

विजेताले नगद ११ लाख ११ हजार १११ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएका छन । यस्तै, उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । विधागततर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख नगद प्राप्त गर्नेछ भने उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले जनही नगद ३० हजार पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस क्षेत्रकै पुरानो प्रतियोगिताको रूपमा रहेको तिलोत्तमा गोल्ड कप तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि आयोजना गर्न थालिएको हो ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img