गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा फेला परेको छ । वडाध्यक्ष पदम विष्टका अनुसार हाडहाडे बर्दबासमा रहेको धाराखोलामा एक सय मिटर लामो गुफा फेला परेको हो। गुफा भेटिएको जानकारी पाएपछि अहिले धुर्कोट गाउँपालिकादेखि जिल्ला सदरमुकाम तम्घास लगायतका ठाउँबाट हेर्न जाने मानिसहरूको भिड बढेको छ ।
दुम्सीको दुलो भनेर चिनिएको यसभित्र शिवलिङ्ग, गाईका थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको, नाग तथा खेतबारीजस्तो देखिने विभिन्न आकृतिहरू रहेको वडाध्यक्ष विष्टले बताउनुभएको छ । मान्छे लुक्न मिल्ने प्वाल भेटिए पनि स्थानीयले यस ठाउँलाई साराको दुलोको नामले चिनाएका थिए । केही दिनअघि गफगाफको क्रममा स्थानीयले यस ठाउँमा प्वाल भएको चर्चा चलाएका थिए ।