spot_img
spot_img
spot_img

बढ्दो ब्याजदरका कारण अमेरिकाको सिलिकन भ्याली बैंक बन्द

spot_img

२७ फागुन, एजेन्सी ।

अमेरिकी नियामक निकायले सिलिकन भ्याली बैंक बन्द गरिदिएको छ । बैंक गम्भीर आर्थिक समस्यामा परेपछि बचतकर्ताहरुको रकमको सुरक्षाको लागि बैंक बन्द गरेको अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकाको बैंकिङ क्षेत्रमा यस किसिमको समस्या सन् २००८ पछि पहिलोपल्ट आएको हो । उच्च ब्याजदरका कारण समस्यामा पर्दै गएको बैंकलाई जोगाउन आफ्नो सम्पत्ति बेच्न खोजेपछि बिहिबारदेखि बैंकको शेयर मूल्य घट्न थालेको थियो । शुक्रवार पनि शेयर मूल्यमा उच्च गिरावट आएपछि नियामक निकायले बचतकर्ताहरुको सुरक्षाका लागि भन्दै बैंक नै बन्द गरिदिएको हो।

सिलिकन भ्याली बैंक गम्भीर समस्यामा परेपछि त्यसको असरले अमेरिकी शेयर बजारमा वाल स्ट्रीटका प्रमुख चार वटा बैंकको शेयर मूल्य बिहीबार एकै दिनमा ५५ अर्ब अमेरिकी डलरले ओरालो लागेको छ । अमेरिकाका चार ठूला बैंकहरूको शेयर मूल्य घट्ने क्रम शुक्रवार पनि कायम रह्यो । विज्ञहरूले बैंकहरूको अहिलेको समस्या बढ्दो ब्याजदरको कारण आएको बताएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img