spot_img
spot_img
spot_img

नेपालले यूएईलाई १७७ रनले हरायो, जोगायो एक दिवसीय मान्यता

spot_img

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले सानदार जित निकालेको छ। यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ। साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ।

आज त्रिवि मैदानमा भएको खेलमा नेपाली बलरसामु यूएईका ब्याट्सम्यानहरु निरिह सावित भए। नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएई २२.४ ओभरमा ७१ रन बनाउँदै अलआउट भयो। जितसँगै नेपाल ३६ अंक जोडेर अमेरिकालाई पछि पार्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ। तेस्रो स्थानमा ३९ अंकसहित रहेको नामिबियालाई पछि पार्दै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन बाँकी दुई खेल जित्नुपर्ने दबाव नेपाललाई छ।

नेपालका लागि ललित राजवंशीले पाँच विकेट लिँदा सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुल्शन झाले एक–एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन जोड्यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रनको योगदान दिए। ११२ बल खेलेका उनले ९ चौका प्रहार गरे।

यस्तै, आरिफ शेखले ५२ बलमा ४३ रन जोड्दा, ३२ बल खेलेका गुल्शन झा ३ छक्का र १ चौकाको मद्दतमा ३७ रन जोडेर आउट भए। यसैगरी दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन जोडे भने गरी भीम शार्कीले ३७ बलमा २९ रनको योगदानी दिए।

यूएईका रोहन मुस्ताफा, जवार फरिद, आर्यान अफ्जल खान र जहुर खानले दुई–दुई विकेट लिँदा आर्यान लाक्रा, जुनैद सिद्दीकीले एक–एक विकेट लिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img