spot_img
spot_img
spot_img

राष्ट्रपति रामचन्द्र पौडेल कांग्रेसबाट अलग

spot_img

काठमाण्डौ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेस त्याग गर्नुभएको छ ।राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले पार्टीसँगको संलग्नता त्याग गर्नुभएको हो । कांग्रेस वरिष्ठ नेतासमेत रहेका पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकोले पार्टी सदस्यबाट अलग भएको जानकारी गराउनुभएको हो । राष्ट्रपतिमा निर्वाचित व्यक्ति पार्टी सदस्य रहन नहुने व्यवस्था छ। नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे गर्ने तयारी छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img