spot_img
spot_img
spot_img

नयाँ न्यायिक प्रणालीको विरोधमा इजरायलमा अहिलेसम्मकै ठूलो आन्दोलन

spot_img

२८ फागुन, एजेन्सी ।

इजरायलमा इतिहासकै ठूलो आन्दोलन भएको छ । न्यायिक प्रणालीमा आमूल परिवर्तन गर्ने सरकारको योजनाको विरोधमा १० हप्तादेखि भइरहेको प्रदर्शनमा लाखौँ व्यक्ति सडकमा पुगेर विरोध जनाएका बीबीसीले जनाएको छ । राजधानी तेल अबीबमा हिजो शनिवारमात्रै दुई लाख जना मानिस सडकमा पुगेका छन् । नयाँ न्यायिक प्रणालीले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै नागरिक आन्दोलित भएका हुन् । तर प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले योजनाबद्ध परिवर्तनहरू मतदाताका लागि राम्रो भएको जिकिर गर्नुभएको छ । हिजोमात्रै देशभरका सहरमा पाँच लाख जना आन्दोलनमा सहभागी भएका नेतृत्वकर्ताले बताएका छन् । हिजोको आन्दोलनलाई देशको इतिहासमा सबैभन्दा ठूलो प्रदर्शनका रूपमा व्याख्या भएको छ ।

विपक्षी नेता यायर लापिडले दक्षिणी सहर बेयर शेवामा आमसभालाई सम्बोधन गर्दै देशले इतिहासमा सबैभन्दा ठूलो सङ्कटको सामना गरिरहेको बताउनुभयो । सरकारको कदमलाई नागरिकले प्रतिगमनको संज्ञा दिँदै इजरायललाई पूर्ण तानाशाही शासनमा लैजाने षड्यन्त्र भइरहेको बताएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img