२९ फागुन, भैरहवा ।
भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको सुपर फोरको खेलमा तिरुपति क्रिकेट क्लबलाई पराजित गर्दै बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब विजयी भएको छ । वेष्टर्नले तिरुपतिमाथि ६५ रनको जीत निकालेको हो । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभरमा सबै विकेटको नोक्सानीमा २१३ रनको उच्च योगफल बनायो ।
प्रतिउत्तरमा तिरुपतिले २५।४ ओभरमा सबै विकेटको क्षतिमा १ सय ४८ रन मात्रै बनायो र हार व्यहोर्यो । वेष्टर्नका अनिलकुमार साह म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएका छन । चैत ३ गतेसम्म ृकाचल्ने प्रतियोगितामा विजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् ।