एजेन्सी ।
अफ्रिकी मुलुकहरु मलाबी र मोजाम्बिकमा हालै आएको आँधीका कारण करिब ६० जनाको मृत्यु भएको छ । फ्रेडी नामको शक्तिशाली आँधीका कारण हजारौं घरबार विहीन भएका हुन् । भारी वर्षासँगै आएको आँधी निकै लामो समयसम्म रहेकाले ति राष्ट्रहरुको जनजीवन प्रभावित भएको हो । आँधीसँगै आएको बाढीले कमजोर सरचनाहरु बगाउनुका साथै बिजुलीका पोल र रुखहरु समेत ढलेकाले बिजुली आपूर्ती समेत बन्द हुँदा हजारौं नागरिक अँध्यारोमा बस्न बाध्य भएका छन् ।
मोजाम्बिकमा अहिलेपनि आँधी सक्रिय रहेकाले थप मानवीय क्षति हुन सक्ने आँकलन गरिएको छ । मलाबीमा भने आँधी कम भएकाले जनजीवन सामान्य हुन थालेको छ । यी दुई राष्ट्रमा सक्रिया आँधीको प्रभाव हाल अर्को टापु मुलुक भानुआटुमा समेत परेको छ । त्यहाँ गत २४ घण्टामा आँधीले विनाश निम्त्याएपछि आपत्काल घोषणा गरिएको छ ।