spot_img
spot_img
spot_img

‘प्रेमा’ चलचित्र नेपालीसँगै तमिल, तेल्गु र हिन्दी भाषामा प्रदर्शन गरिने

spot_img

१ चैत्र , काठमाडौं ।

नेपाली चलचित्र ‘प्रेमा’लाई हिन्दी, तमिल र तेल्गु भाषामा समेत प्रदर्शन गरिने भएको छ । निर्देशक गोविन्दसिंह भण्डारीले नेपालीबाहेक अन्य भाषालाई ‘ओभर दी टप’ अर्थात् ओटिटीका माध्यमले दर्शकमा पु¥याइने काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको हो । त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको चलचित्रलाई काठमाडौँ, धनगढी र कर्णालीमा छायाङ्कन गरिएको छ ।

यसमा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङ्बो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियालगायतले अभिनय गर्नुभएको छ । चैत १७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘प्रेमा’ लाई उपत्यकामा जिजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img