spot_img
spot_img
spot_img

आधारभूत स्वास्थ्य सेवा केन्द्र शित्तलनगरबाट सेवा शुभारम्भ

spot_img

देवदह // देवदह नगरपालिका वडा नं ७ शित्तलनगरमा स्थापना गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सेवा सन्चालनमा आएको छ। आज एक कार्यक्रमका बिच स्वास्थ्य सेवाको शुभारम्भ गर्दै वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीले प्रत्यक वडामा आधारभुत तहको स्वास्थ्य सेवा पुर्याउने नेपाल सरकारको लक्ष्य अनुसार संघिय बजेट मार्फत बर्थिङ सहितको ६ कोठाको भवन निर्माण भै सकेकोले आफ्नो वडाबासि बृद्ध, असक्त, बालबालिका, गर्भवती र सुत्केरी आमाहरूलाई सरल रूपमा आफ्नै घर आँगनबाट स्वास्थ्य सेवा उपलब्ध गराउन सफल भएको र आगामी दिनमा बर्थिङ सहित सेवालाई बिस्तार गर्दै जाने बताउनु भयो।

हाल देवदह नगर अस्पतालमा कार्यरत अनमी निरिक्षक पिता कुमारी अर्याल, सि.अहेव हेमलाल कुँवर र सहयोगी सिता गिरी द्वारा सेवालाई सुरुवात गरेको र निकट भविस्यमा अन्य कर्मचारीको ब्यबस्था गरि सेवा विस्तार गरिने वडावासिलाई जानकारी गराउनु भयो। त्यस्तै कार्यक्रममा सेवा केन्द्र ईन्चार्ज हेमलाल कुवरले हाल दैनिक रूपमा सामान्य ओ पि डी जाँच , परिवार नियोजन, क्षय कुष्ठ, खोप, तथा गर्भवती जाँच लगाएत जनस्वास्थ्य सम्वन्धि बिभिन्न स्वास्थ्य शिक्षाका कृयाकलाप सन्चालन गरिने बताउनु भयो। कार्यक्रममा स्वास्थ्य शाखा जनस्वास्थ्य अधिकृत गिरी त्रामु, जनप्रतिनिधिहरु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगाएत वडावासी, सरोकारवाला बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img