spot_img
spot_img
spot_img

यूएईले पीएनजीलाई ६ विकेटले हरायो

spot_img

 काठमाण्डौ ।

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले पपुवा न्युगिनी (पीएनजी) लाई ६ विकेटले हराएको छ । पीएनजीले दिएको २ सय ३५ रनको लक्ष्य यूएईले ६८ बलअघि नै ३८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै भेटायो । यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओ‌भरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायो ।
योसँगै पीएनजीले लिग–२ का सबै खेल खेलेको छ । पीएनजी ३६ खेलमा ११ अङ्कसहित तालिकाको पुछारमा रहेको छ। यूएईले अन्तिम खेलमा भोलि बिहीवार नेपालसँग खेल्नेछ । तालिकामा यूएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपाल ३५ खेलमा ३८ अङ्कका साथ चौथो स्थानमा छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img