काठमाडौँ // आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईले नेपाललाई ३११ रनको बिशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो। यूएईका लागि आशिफ खानले ४२ बलमा १०१ रन बनाउँदै नटआउट रहे। यस्तै विर्त्या अरविन्दले १३७ बलमा ९४ रन बनाए।
नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए भने सन्दीप लामिछानेले र ललित राजवंशील र सोमपाल कामीले १/१ विकेट लिए।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??