spot_img
spot_img
spot_img

हरैया बहुमखी क्याम्पसमा नेविसंघको तर्फबाट दुई समानुपातिक उम्मेद्वार अखिलमा प्रवेश

spot_img

कञ्चन ।

यही चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हरैया बहुमुखी क्याम्पसका नेविसंघको तर्फका दुई समानुपातिक उमेद्वार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन अनेरास्ववियुमा प्रवेश गरेका छन्। असिम विक र असिम ढुंगानाले संयुक्त रुपमा प्रस बिज्ञप्ती निकालेर अनेरास्ववियुमा प्रवेश गरेका हुन्। बि.क र ढुंगानाले निकालेको बिज्ञप्तीमा यही चैत्र ५ गते हरैया बहुमुखी क्याम्पसमा हुने स्ववियु निर्वाचनमा आफुहरुसंग कुनै परामर्श नै नगरी नेविसंघले आफ्नोे नाम समानुपातिक तर्फको उमेद्वार सूचीमा समावेश गरेकोमा सो उमेद्वारी फिर्ता गरिदिन स्ववियु निर्वाचन समिति समक्ष निवेदन दिएपनि उम्मेद्वारी फिर्ता गर्न नमानेको उल्लेख गरिएको छ। नेविसंघको छलपुर्ण कार्यप्रति असहमती रहेको भन्दै अनेरास्ववियुको तर्फबाट प्रदिप सापकोटाको नेतृत्वमा रहेको प्यानललाई मतदान गरी विजयी गराउन समेत विज्ञप्ती मार्फत उनीहरुले आग्रह गरेका छन्।

उमेद्वारप्रति हकदाबी तथा फिर्ता लिने समय फागुन २९ गते बिहान १० बजेसम्म रहेकोमा नेविसंघको तर्फबाट समानुपातिक उमेद्वार असिम ढुंगानाले तोकिएको समय भित्र आफ्नो उम्मेद्वारी फिर्ता गर्न निवेदन भएको र ढंगानाको उमेद्वारी फिर्ता भएको स्ववियु निर्वाचन २०७९ हरैया बहुमखी क्याम्पसका निर्वाचन अधिकृत रामजी आचार्यले जानकारी दिनुभएको छ। यस्तै अनेरास्ववियुको तर्फबाट प्रत्यक्ष तर्फका उमेद्वार अभय धवल र समानुपातिक तर्फका उमेद्वार बिद्या निसादले समेत आफ्नो उमेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृत आचार्यले बताउनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img