spot_img
spot_img
spot_img

‘द कपिल शर्मा शो’ : एक सिजनको ५० करोड पारिश्रमिक लिन्छन् कपिल

spot_img

एजेन्सी ।

भारतीय चर्चित कमेडियन कपिल शर्मा भारतकै महँगो कमेडियन भनेर चिनिने गरेका छन् । कपिलले ‘द कपिल शर्मा शो’ बाट एक सिजनको करिब ५० करोड भारतीय रुपैयाँ पारिश्रमिक गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। हाल ‘द कपिल शर्मा शो’ को चौथो सिजन प्रसारण भइरहेको छ । यससँगै कपिल अहिले आफ्नो तेस्रो फिल्म ‘ज्विगाटो’ को प्रमोशनमा व्यस्त छन् । ‘द कपिल शर्मा शो’ को पहिलो सिजनमा उनले २० लाख भारतीय रुपैयाँ लिएका थिए भने दोस्रो सिजनमा एक एपिसोडको ३० लाख भारतीय रुपैयाँ लिएका थिए । उनले तेस्रो सिजनमा ८० एपिसोड सम्मको कुल ४८ करोड भारतीय रुपैयाँ लिएका थिए ।

हालै सञ्चारकर्मीहरुले उनीसँग अन्तरर्वार्ता लिने क्रममा प्रश्न सोधेका थिए, तपाई ३ सय करोडको मालिक हो ? ‘ कपिलले हाँस्दै भने, ‘हो, मसँग पैसा त धेरै छ तर, एक सीमा पार गरेपछि पैसा नम्बर मात्रै हुन्छ । राम्रो घर, गाडी र परिवार भएपछि पैसा होस् नहोस् केही फरक पर्दैन । म खर्चालु छैन, मेरी श्रीमती गिन्नी पैसा खर्च गर्छिन् । धनाढ्य परिवारबाट भएका कारण गिन्नी बाल्यकालदेखि नै खर्चालु छिन् ।’ ‘द कपिल शर्मा शो’ का निर्माता अभिनेता सलमान खान हुन् । कपिलले आफ्नो शोको सुरूआत २०१६ मा कर्लस टिभी मार्फत गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img