काठमाडौं।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य ८६ पैसा र डिजेलको मूल्य १ रुपैयाँ ७४ पैसाले घटाएर पठाएको हो। हाल बजारमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा रहेको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि पट्रोलियम पदार्थको नयाँ मूल्य सूचीबारे के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय गरिने जनाईएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??