सुनवल।
क्रियाशिल पत्रकारिता तथा सञ्चार क्षेत्रमा आवद्ध पत्रकारहरुको साझा थलोका रुपमा पश्चिम नवलपरासीको सुनवलमा सुनवल प्रेस क्लव गठन गरिएको छ। शनिबार सुनवलमा सम्पन्न पत्रकार तथा सञ्चारकर्मीको भेलाले पत्रकार रमेश भुषालको अध्यक्षतामा ९ सदस्यिय समिति गठन गरेको हो। जसको उपाध्यक्षमा नारायण सुवेदी, महिला उपाध्यक्षमा कल्पना खरेल, सचिवमा प्रदिप पाठक, सह-सचिवमा पुजा लम्साल, कोषाध्यक्षमा दिपक खनाल, सदस्यहरुमा नन्दलाल कवर, रेशम अधिकारी, विमल भट्टराई सर्वसम्मत चयन भएका छ्न्।
सुनवल प्रेस क्लब आवाज विहिनहरुको आवाजलाई बुलन्द रुपमा उठाउन सामुहिकताको खाँचो रहेकाले क्लब गठन गरिएको अध्यक्ष रमेश कुमार भुसालले बताउनुभयो । संचारक्षेत्रमा सत्ता र शक्तिको आड लिएर व्यक्तिको देवत्वकरण गर्ने प्रवृति मौलाएको जनाउँदै उहाँले भन्नुभयो, ‘हामी जनसरोकारका मुद्धालाई ओझेल पर्न दिँदैनौँ।’
सामाजिक सरोकारका विषयमा अन्तरक्रिया गर्ने, ज्येष्ठ पत्रकारलाई सम्मान, नयाँलाई अवसर दिलाउनका साथै पत्रकारको हकहित र व्यवसायिकतामा लागिपर्ने भुसालको भनाई छ। क्लबको आगामी प्रक्रियाकालागी उपाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा पाचँ सदस्यीय विधान समिति र कोषाध्यक्ष दिपक खनालको संयोजकत्वमा आर्थिक समिति गठन भएको सचिव प्रदिप पाठकले जानकारी दिनुभयो ।