४ चैत्र, कञ्चन ।
विश्व शान्तीको कामनार्थ रुपन्देहीको कञ्चन गाउपालिका वडा नम्बर १ रामनगरमा यही चैत्र ८ गते देखि १८ महापुराण पाठपरायण, प्रवचन ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ। धर्तिमाताको नामले परिचित बिष्णु कुवँरले रामनगर स्थित आफ्नै निवासमा स्थानीय पत्रकारहरुको भेटघाट कार्यक्रमको आयोजना गरी सो ज्ञानमहायज्ञ सञ्चालन गर्ने जानकारी दिनुभएको हो। नयाँ पुस्ताहरुमा संस्कार, संस्कृति तथा अनुशासन र नैतिक शिक्षाको ज्ञान सञ्चार गर्ने उद्धेश्यका साथ बिश्वमा भइरहेको अशान्ती र विभिन्न संक्रमणहरुको निराकरण गर्न विश्व शान्तीको कामन गर्दै अयही चैत्र १६ गतेसम्म ज्ञान महायज्ञ सञ्चालन हुने भएको हो।
ज्ञान महायज्ञबाट संकलित हुने दान दक्षिणाले समाजमा नैतिक शिक्षाको प्रचार प्रसार गरी समाजमा फैलिरहेको बिकृति र विसंगती विरुद्ध नयाँ युवाहरुलाई समाज रुपान्तरणको सम्वाहक बनाउनमा प्रयोग गरिने समेत पत्रकार भेटघाट कार्यक्रममा धर्तिमाताले जानकारी गराउनुभयो। गत भदौदेखि आफनै निवास रामनगरमा रहेको कुटीमा दैनिक होम तथा पुजापाठ गर्दै आउनुभएकी धर्तिमाताको नामले परिचित कुवँरले पहिलो पटक उक्त ज्ञान महायज्ञ सञ्चालन गर्न लाग्नुभएको हो।




