spot_img
spot_img
spot_img

नेकपा एमाले देवदह ५ ले पुर्णता पायो

spot_img

देवदह // नेकपा एमाले देवदह ५ शाखा कमिटीको विशेष भेलाद्वारा देवदह ५ वडा कमिटीको उपाध्यक्षमा चक्रपाणि न्यौपाने, सचीवमा अर्जुन गुरुङ, उपसचिवमा गिता शर्मा, शान्ती रोका चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा चोकलाल डुम्रे, अम्बिका लामिछाने, सरला अर्याल, कमल गौतम, पुरन लुइँटेल, गणेश घिमिरे, अनिता कुवर लगायतका थप सदस्य सर्वसम्म्त वडा कमिटीमा चयन भएको छ। सोही अवसरमा जिल्ला सचीव यज्ञ प्रसाद गैरेले पार्टी गतिविधि जनप्रतिनिधिको काम पार्टीले जनताको मनजित्ने गरि अभियान संचालनका विषयमा प्रशिक्षण दिनुभएको थियो। पुरानै कमिटीमा केही पदहरुमा भेला द्वारा पदपूर्ति गरिएको थियो।

शाखा कमिटी अध्यक्ष गणेश डुम्रेको अध्यक्षता, नेकपा एमाले केन्द्रिय अनुशासन आयोग सदस्य कृष्ण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सचीवालय सदस्य जानकि न्यौपाने, प्रदेश कमिटी सदस्यहरु बिद्यालक्ष्मी गुरुङ, गोबिन्द ज्ञवाली, जिल्ला कमिटी सचीव यज्ञ प्रसाद गैरे, जिल्ला कमिटी सदस्य एवम् नगर इन्चार्ज यम राना, जिल्ला कमिटी सदस्यहरु सीता थापा आचार्य, मेघदेव पन्त प्रदेश कमिटी सल्लाहकारहरु, जिल्ला बिभाग सदस्यहरु, नगर कमिटी अध्यक्ष हिरा थापा नगर सचिवालय सदस्य, नगरकमिटी सदस्यहरु पार्टी सदस्यहरु सहितको उपस्थितिमा वडा कमिटी पुनगठन कार्यक्रम सप्पन्न भएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img