spot_img
spot_img
spot_img

छुवाछूत तथा भेदभावमुक्त वातावरणको सुनिश्चित गर्न आग्रह

spot_img

रुपन्देही ।

आज मार्च २१, जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । दिवसका अवसरमा राष्ट्यि मानव अधिकार आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले एक विज्ञप्ती जारी गर्दै प्रेस विज्ञप्तिमा जातीय विभेदका सबै घटनाका सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गर्नुभएको छ । संवैधानिक तथा कानुनी व्यवस्थाका बाबजुद कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अझै पनि जातीय विभेदको स्थिति कायमै रहेको र दोषीलाई कानुन बमोजिम समयमै कारबाही हुन नसकेको स्थिति छ ।

संयुक्त राष्ट्र सङ्घद्वारा जारी तथा नेपाल पक्ष भएको जातीय भेदभाव उन्मूलन गर्ने तथा भेदभावका कारण पीडित व्यक्ति वा समूहका अधिकारको संरक्षण र सम्वद्र्धन गर्ने उल्लेख गरेको छ । नेपालको संविधानले प्रत्येक व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक, न्यायसम्बन्धी हक, दलितको हक, सामाजिक न्यायको हक, समानताको हक, छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन, २०६८ र मुलुकी अपराधसंहिता, २०७४ समेतले यी हकको प्रत्याभूति गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img