७ चैत्र, बुटवल ।
आज मंगलरबारका लागि तोकिएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ। सोमबार एक सूचना जारी गर्दै विशेष कारणले बैठक स्थगित गरिएको लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिनुभएको छ । बैठकमा साना दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??