लुम्बिनी ।
बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक प्रदेश सरकारको आयोजनामा खुल्ला लुम्बिनी ‘पिस म्याराथन’ हुने भएको छ । विश्व ओलम्पिक दिवस अप्रिल ६ तारिखमा आयोजना गरिने पिस म्याराथन’ लुम्बिनी प्रदेश खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटीसँग सहकार्यमा प्रस्ताव अगाडि बढाएको हो । लुम्बिनी प्रदेश सरकार प्रदेश खेलकुद परिषद्को बुटवलमा सम्पन्न बैठकले लुम्बिनी पिस म्याराथन, मुख्यमन्त्री रनिङ शिल्ड तथा विभिन्न खेलकुद प्रतियोगिताका विजेता खेलाडी एंव प्रशिक्षकलाई प्रोत्साहन र सम्मान कार्यक्रमका आवश्यक काम अगाडि बढाउने निर्णय गरेको परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिनुभएको छ । यसको तयारीका लागि ओलम्पिक कमिटीका साथै लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिका लगायतसँग छलफल भएको जनाइएको छ ।