८ चैत्र, बुटवल ।
तिलोत्तमा गोल्डकपको २२औं संस्करणको जारी प्रतियोगितामा सुदूरपश्चिम ११ फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पछि पार्दै फाइनलमा पुग्न सफल भएको हो । जितका लागि फागुराम थारुले खेलको ८६ औं मिनेटमा गरेको एक मात्र गोलनै निर्णायक बनेको हो । भोलीको दोस्रो सेमिफाइनल खेल मनाङ र्मस्याङदी र फ्रेण्ड्स क्लव बीच हुने प्रतिष्पर्धा हुनेछ । सुदुरपश्चिम-११ ले उपाधिका लागस यी दुई बिचको बिजेतासँग शनिबार खेल्नेछ । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।