झविन्द्र देवकोटा, बुटवल ।
सैनामैना एकमा रहेको सैनामैना मेमोरियल स्कुलले आर्थिक अवस्था कमजोर भएका अभिभावकका एक विद्यार्थीलाई पुर्ण छात्रवृति प्रदान गरेको छ। बैदेशिक रोजगारीको शिलशिलामा दुर्घटनामा परेर अस्वस्थ हुनु भएका स्थानीय मेजररोडका टोपलाल भुसालका छोरा कृतक घिमिरेलाई सैनामैना मेमोरियलले पुर्ण छात्रवृति दिएको हो । बैदेशिक रोजगारीको शिलशिलामा दुर्घटनामा परेर अशक्त हुनुभएका टोपलालको आर्थिक अवस्था कमजोर हुँदै गएकाले कृतकलाई पुर्ण छात्रवृति प्रदान गरिएको विद्यालयका प्राचार्य जेबी क्षेत्रीले जानकारी दिनुभयो ।
विद्यालयका शिक्षक तथा विद्यार्थीहरु सम्मिलित सैनामैना मेमोरियल जुनियर रेडक्रस सर्कलका सदस्यहरुले टोपलालको निवासमै पुगेर नगद चौध हजार रुपैया समेत सहयोग प्रदान गरेको क्षेत्रीले जानकारी दिनुभयो। टोपलालको निवासमा भएको सहयोग प्रदान कार्यक्रममा विद्यालयका मावि तह तथा अतिरिक्त क्रियाकलाप प्रमुख डि बि क्षेत्रीले आर्थिक अवस्था कमजोर भएको कारण विद्यालय र विद्यार्थीको समन्वयमा छात्रवृति प्रदान तथा नगद सहयोग गरिएको बताउनुभयो । पाँच वर्षिय कृतकलाई कक्षा युकेजीदेखि मावि तहसम्मको सम्पुर्ण पढाई खर्च “पुर्ण छात्रवृति” विद्यालयले प्रदान गरिने भएको विद्यालयले जनाएको छ ।