काठमाडौं ।
नेपालमा शून्यमा झरेको कोरोना संक्रमण आज (बिहीबार) एकै दिन १७ जनामा देखिएको छ । एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चैत ७ र चैत ८ गते भने कसैमा पनि संक्रमण देखिएको थिएन । चैत ७ गते नौ सय नौ र चैत ८ गते एक हजार तीन सय ८७ जनामा कोरोना परीक्षण गराइएको थियो।
आज ३० जना सक्रिय संक्रमित छन्। भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले त्यसको प्रभाव नेपालमा परेको चिकित्सकले बताएका छन । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??