काठमाण्डौ ।
नेकपा एमाले बाग्मती प्रदेश सरकारबाट अलग भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक चलिरहेको अवस्थामा एमाले सरकारबाट बाहिरिएको हो । प्रदेश सभा बैठकमा एमाले संसदीय दलका नेता तथा आर्थिक योजनामन्त्री जगन्नाथ थपलियाले राजीनामा बुझाउँदै मन्त्रीहरू बाहिरिएको जानकारी गराउनुभएको छ।
अब एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने जनाएको छ ।सरकारमा एमालेका चार जना मन्त्री थिए । यसअघि बुधवार विश्वासको मत लिने कार्यसूचीसहित प्रदेश सभा बैठक बोलाइए पनि नेपाली कांग्रेस अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो ।