spot_img
spot_img
spot_img

तीन लाख धरौटी बुझाएर पङ्कज चौधरी जेलमुक्त

spot_img

काठमाण्डौ ।

दाइजो मुद्दाका आरोपी डाक्टर पङ्कज चौधरी जेलमुक्त भएका छन्। उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले चौधरीलाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो। सोही अनुसारको रकम बुझाएर चौधरी शुक्रबार जेलमुक्त भएका हुन्। दाइजोका कारण आफूमाथि घरेलु हिंसा गरेको भन्दै पत्नी नेहा चौधरीले डाक्टर चौधरी र उनका परिवारविरूद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेपछि मुद्दाको प्रारम्भिक सुनुवाइ गदै जिल्ला अदालतले पुस २२ गते चौधरी र उनका ६० वर्षीय बुवा रामप्रवेश चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

तीन वर्षको प्रेमसम्बन्धपछि ०७८ फागुन २५ गते पंकज र नेहाले विवाह गरेका थिए। विवाहका लागि पंकजले आफ्नो माइती पक्षबाट एक करोडभन्दा बढी लिएको नेहाले बताउँदै आएकी छन्। बुहारीले दिएको दाइजोसम्बन्धी कसुरमै डाक्टर चौधरीका बुवा ६० वर्षीय रामप्रवेश चौधरी भने अझै जेलमै छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img