spot_img
spot_img
spot_img

मोदी र अदानीको सम्बन्धबारे राहुलले फेरि उठाए प्रश्न

spot_img

एजेन्सी ।

लोकसभा सदस्यता खारेज गरेपछि राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको अदानी समूहसँगको सम्बन्धलाई लिएर फेरि प्रश्न उठाएका छन् ।शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री नरेन्द्र मोदी र अदानी समूहमाथि धेरै गम्भीर आरोप लगाए । उनले अदानीमाथिको आफ्नो अर्को भाषणबाट प्रधानमन्त्री डराएको र आफूले उनको आँखामा देखेको दाबी गरे । उनले अदालतको फैसलाबारे कुनै प्रतिक्रिया दिन अस्वीकार गर्दै यो विषय अदालतमा रहेको भन्दै यहाँ कुरा नगर्ने बताए ।

मोदी र अदानीमाथि प्रश्न

–उनले प्रधानमन्त्री र अदानीबीचको सम्बन्ध के हो भनेर प्रश्न गरे । उनले दुईबीचको सम्बन्धलाई ‘निकट साझेदारी’को नाम दिए र गुजरातमा मोदीको उदयसँगै अदानीको उदय भएको बताए।

–उनले अदानी समूहसँग सम्बन्धित कम्पनीहरूलाई २० हजार करोड ९३ अर्ब डलर० दिएको आरोप लगाए । भाजपाले यस मुद्दाबाट ध्यान हटाउन खोजेको उनको भनाई छ।

–उनले मोदी र अदानीबीचको घनिष्ठ सम्बन्धबारे संसदमा प्रमाण दिएको तथा सभामुखलाई विस्तृतमा लेखेको बताए ।

–उनले त्यसमा रक्षा उद्योग र विमानस्थलको बारेमा लेखेको र अनुसन्धानसँग सम्बन्धित सबै कागजात र प्रेस क्लिपिङ पनि दिएको जिकिर गरे। नियम फेरेर अदानीलाई एयरपोर्ट दिएको कुरा उठाए पनि केही फरक नपरेको बताए ।

–उनले आफूले आरोप लगाएको भाषण सदनको कामकाजबाट हटाइएको बताए । २० हजार करोड ९३ अर्ब डलर० कसको हो भन्ने कुरालाई बेवास्ता गरिएको उनको भनाई छ ।

–विदेशी सेनासँग सहयोग मागेको आरोप लागेको तर त्यस्तो केही नभएको उनले दाबी गरे ।

–राहुल गान्धीले सभामुखमाथि गम्भीर आरोप पनि लगाए । उनले भने, ‘पहिलो पत्रको जवाफ नपाएपछि मैले स्पिकरलाई फेरि पत्र लेखे तर उनले मलाई केही गर्न नसक्ने बताउनुभयो । म डराएको छैन, म प्रश्न सोधिरहनेछु। मेरो मौनताको इतिहास छैन।’

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img