बुटवल ।
लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रसहित ६ दलले फिर्ता लिएका छन्। यससँगै मुख्यमन्त्री लीला गिरीको सरकार अल्पमतमा परेको छ। माओवादी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोसपा, जसपा, एकीकृत समाजवादीले मुख्यमन्त्री गिरीलाई दिएको समर्थन फिर्ता लिएसगै मुख्यमन्त्री गिरीले फेरी विश्वासको मत लिनुपर्ने भएको छ । आजै माओवादी र जनमत पार्टीका मन्त्रीहरूले राजीनामा दिएका थिए। लुम्बिनीमा ८७ जना सांसद छन्। नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन जरुरी हुन्छ। प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४र४, जनमत पार्टी र जसपाका ३(३, एकीकृत समाजवादीका १ र २ स्वतन्त्र सांसद छन्। लुम्बिनीका ३ स्वतन्त्र सांसदमध्ये २ जना माओवादीमा प्रवेश गरिसकेका छन्। गत पुस २७ मा एमालेका गिरी मुख्यमन्त्री बनेका थिए। यसैबिच कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको लागि दाबी पेस गर्नुभएको छ। माओवादी केन्द्र लगायत ६ दलले समर्थन फिर्ता लिए लगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । उहाँले प्रदेश प्रमुख अमिक शेरचनलाई ५३ जना सांसदको हस्ताक्षरसहितको पत्र बुझाउनुभएको छ ।