१२ चैत्र, तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका ३ खेलाडीलाई नगदसहित सम्मान गरेको छ । नगरपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई जनही ५० हजार नगद राशीस प्रदान गरी सम्मान गरेको हो । नगरापलिकाले आइसीसी विश्वकप लिग २ मा उत्कृष्ट खेल प्रदर्शन गरेका कुशल भुर्तेल, मौसम ढकाल र यू १९ क्रिकेटका क्याप्टेन देव खनाललाई सम्मान गरेको हो ।
खेलाडीहरुलाई सम्मान गर्दै नगर प्रमुख खाणले तिलोत्तमालाई क्रकेटको हबको रुपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नुभयो । यसैगरी नगर उपप्रमुख चौधरीले खेलाडीहरुले नेपालको पहिचानसँगै तिलोत्तमालाई विशेष रुपमा पहिचान प्रदान गर्न सफल भएको बताउनुभयो।