काठमाडौं ।
पेरिस ओलम्पिकका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एशिया छनोटको पहिलो चरणमा भियतनामसँग मात्र खेल्ने भएको छ । अन्तिम समयमा आन्तरिक कारण देखाउँदै प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपालले भियतनामसँग मात्र छनोट खेल्ने भएको हो । नेपाल सम्मिलित समूहमा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान रहेका थिए ।
तर यस समूहबाट प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएका हुन् । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भियतनामसँग दुई खेल खेल्ने छ । नेपालले चैत २२ र २५ गते भियतनामसँग प्रतिष्पर्धा गर्ने तालिका रहेको छ । दुवै खेल साँझ ६ बजे सुरु हुने छ । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।