spot_img
spot_img
spot_img

खोलामा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाको आग्रह

spot_img

बुटवल ।

बुटवलका खोला र सार्वजनिक क्षेत्रमा फोहोरमैला नफाल्न बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ । बुटवलको वडा नं. ४ आदर्शनगरदेखि वडा नं १० बेसक्याम्प चोकसम्मको सुखौरा खोलाको क्षेत्रका स्थानीयसँगको छलफलका क्रममा नगरप्रमुख खेलराज पाण्डेयले नगरलाई सफा राख्ने दायित्व स्थानीयको समेत रहेकोले नगर सफा राख्नका लागि आह्वान गर्नुभयो । उहाँले दैनिक फोहोर संकलनका लागि नगरबाट गाडी र सरसफाईकर्मीको व्यवस्था भएको र सोहीअनुसारले व्यवस्थापन गर्दै आएकोमा खोलामा फोहोर फालेर दुगन्र्ध फैलाउने र रोग फैलाउने काम नगर्न सुझाव दिनुभयो ।

उहाँले फोहोरमैला फाल्ने, पशुपंक्षीको बध गरेपछि निस्केको फोहोर, बुंगुरसुंगुरको खोरको फोहोर र अन्य फोहोर खोलामा सिधै फाल्ने गरेपछि बुटवल उपमहानगरपालिकाले नियन्त्रण गर्न थालेको हो। उहाँले छिटै नै खोलाहरुमा फोहोर र अन्य सामग्री फाल्नेहरुलाई नियमन गर्दै फोहोर व्यवस्थापनको कामलाई व्यवस्थित गर्न जथाभावी फोहोर फाल्नेलाई कानूनी दायरामा ल्याउने बताउनुभयो । उहाँले स्वास्थ्यका लागि पनि नगरलाई सफा राख्नुपर्ने स्थानीयको समेत दायित्व रहेकाले गम्भीर बन्न सुझाव दिनुभयो । स्थानीयले खोलामा बंगुर सुंगुर, कुखुरा, हाँसजस्ता पशुपंक्षीको दिसापिसाब र फोहोर सिधै खोलामा फाल्ने गरेको र जसले दुगन्र्ध फैलाएको पाइएको भन्दै त्यस्ता गतिविधि नियन्त्रण गर्न सरसफाई शाखालाई निर्देशन दिनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img